उत्कृष्ट नतिजा तथा पुरस्कार वितरण
नेपाल ग्रीन भ्याली स्कूलका विद्यार्थीहरूले यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्। विभिन्न विधामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरूलाई विद्यालय प्रांगणमा आयोजित एक विशेष कार्यक्रममा ट्रफी तथा मेडल प्रदान गरिएको छ।
यस अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूको यो सफलताले विद्यालयको शैक्षिक गुणस्तरलाई पुनः प्रमाणित गरेको छ।