Godabari Investment Company Limited

कम्पनीका उद्देश्यहरू

कानुनसम्मत स्वीकृति, बहु-क्षेत्रीय लगानी, व्यवस्थापन र दीर्घकालीन मूल्य सिर्जनामा केन्द्रित उद्देश्यहरू।

यस कम्पनीका उद्देश्यहरू देहाय बमोजिम रहनेछन्। कम्पनीले प्रचलित कानून बमोजिम सम्बन्धित निकायको स्वीकृति/अनुमति प्राप्त गरी मात्र यी उद्देश्य कार्यान्वयन गर्नेछ।

(क) प्रचलित कानून बमोजिम सम्बन्धित निकायको स्वीकृति लिई ऊर्जा तथा जलविद्युत (हाइड्रोपावर), उत्पादन तथा सेवा-मूलक उद्योग, सञ्चार, प्रकाशन तथा मिडिया, पर्यटन-मूलक व्यवसाय, बैंक तथा वित्तीय संस्था, बिमा व्यवसाय, विद्यालय/कलेज, यातायात, घरजग्गा तथा हाउजिङसँग सम्बन्धित कम्पनीहरूमा लगानी गर्ने।

(ख) विभिन्न उद्देश्यले स्थापना भएका पब्लिक लिमिटेड, प्राइभेट लिमिटेड कम्पनीहरू, बैंक तथा वित्तीय संस्थाहरू तथा बिमा कम्पनीहरूको शेयर/धितोपत्रमा लगानी गर्ने; नेपाल सरकारले जारी गरेका बचतपत्र तथा ऋणपत्रमा लगानी गर्ने; विभिन्न प्रकारका सवारी साधनमा लगानी गर्ने; घरजग्गा किनबेचमा लगानी गर्ने।

(ग) कृषि क्षेत्रसँग सम्बन्धित भैंसी, बंगुर, बाख्रा, खरायो, भेडा, कुखुरा, माछा, गाई, मौरी पालन जस्ता व्यवसायमा लगानी गर्ने; त्यस्ता व्यवसाय सञ्चालनमा कृषकलाई अभिप्रेरित गर्ने; र त्यही विषयसँग सम्बन्धित कम्पनीहरूमा लगानी गर्ने।

(घ) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण हुने उद्योगहरूको निमित्त आवश्यक संयुक्त लगानी सम्झौता तथा प्रविधि हस्तान्तरण सम्झौता गरी, सम्बन्धित निकायको स्वीकृति लिई त्यस्ता उद्योगहरूमा लगानी तथा सञ्चालन गर्ने।

(ङ) कानून बमोजिम स्थापित कम्पनीहरूको एजेन्ट भई कार्य गर्ने।

(च) समान उद्देश्य भएका विदेशी कम्पनीहरूसँग मिलेर जोइन्ट भेन्चरमा कार्य गर्ने; र समान उद्देश्य भएका कम्पनीहरूको व्यवस्थापन तथा सञ्चालनको जिम्मा लिई व्यावसायिक व्यवस्थापन सेवा प्रदान गर्ने।

(२) कम्पनीले उपदफा (१) बमोजिमका उद्देश्यहरू कार्यान्वयन गर्न प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गर्नु पर्ने भएमा, सो प्राप्त गरी मात्र कार्यान्वयन गर्नेछ।

(३) उपदफा (१) मा उल्लिखित उद्देश्यसँग सम्बन्धित अनुमति वा इजाजत प्राप्त गरेको पन्ध्र (१५) दिनभित्र त्यस्तो अनुमति वा इजाजतपत्रको प्रतिलिपि कार्यालयमा पेश गरिनेछ।